प्राइम कमर्सियल बैंकले कमायो डेढ अर्ब

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा करिब ३२ दशमलव ९० प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैैंकको गत आवको तुलनामा ३६ करोड ७० लाख रुपैयाँले नाफा बढाएको छ । यो नाफा अघिल्लो आवमा १ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्ममा यो बैंकको चुक्ता पुँजी ७ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यसकोे संचित कोषमा ३ अर्ब १२ करोड रुपैयाँ छ ।

बैंकले गत आवमा ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब ७१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यस बैैंकको हालसम्म लगानी ६ अर्ब १४ करोड गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस