प्रभु इन्स्योरेन्स २२ औं वर्षमा

काठमाडौं । प्रभु इन्स्योरेन्स स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । साे कम्पनीले २२ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले प्रभु इन्स्योरेन्सको अवस्था राम्रो रहेको  र सबै कम्पनीहरुमध्ये अग्रणी भूमिकामा रहन सफल भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा कम्पनीको प्रगती बिवरण प्रस्तुत गर्नुहुंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सँधै पालना गर्दै प्रतिस्प्रधात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताउनु हुँदै आवश्यकता अनुसार शाखा सञ्जाल बिस्तार गरिंदै लाने बताए । हाल यस कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या २३ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र …

प्रतिकृया दिनुहॊस