मुक्तिनाथ विकास बैंक अाज पोखरामा आफ्नो बार्हाे वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७४÷०७५ को वार्षिक प्रतिवेदन, आ.व. २०७५÷०७६ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७४÷०७५ को मुनाफाबाट सेयरधनीहरुलाई (०.९६ प्रतिशत वोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशत लाभाँस वितरण गर्ने र उक्त वोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी को २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत तथा वर्तमान अवस्था र बैँकको भावी रणनीतिका बारेमा साधारण सभा समक्ष जानकारी गराएका थिए भने बैंकका कम्पनी सचिव डण्डपानी ढकालले कर्यक्रम सञ्चालन गरेका थिए ।
उक्त साधारणसभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन माथी सेयरधनिहरुबाट बिभिन्न सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनिहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेकाे बैंकले जानकारी दिएकाे छ । बैंकका निवर्तमान अध्यक्ष मिन प्रसाद गुरुङ्ग र निवर्तमान प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य दिएका थिए ।




