नायिका सोनाक्षी सिंहा छिट्टै नै विवाह बन्धनमा बाधिने

एजेन्सी। बलिउडकी नायिका सोनाक्षी सिंहा विवाह बन्धनमा बाधिन लागेककी  छिन्। बलिउड लाइफ डटकमका अनुसार सोनाक्षी सिंहा आफ्नो प्रेमी बन्टी सचदेवसँग विवाह गर्ने तयारी गरेको बताइए छ ।लामो समयदेखि एक आर्कालाई डेट गरिरहेका उनीहरु छिट्टै नै विवाह बन्धनमा बाधिने तयरीमा रहेको बताइएको छ । केहि समय पहिले बन्टीले सोनाक्षीलाई विवाहको लागि प्रस्ताव गरेका थिए । जुन प्रस्तावलाई सोनाक्षीले स्विकार गर्दै उनले विवाह गर्ने सहमति दिएकी थिइन् । तर यता सोनाक्षीको कार्य व्यस्ततालाई हेर्दा उनले छिट्टै विवाह गर्ने सम्भावना भने एक दमै न्युन रहेको बताईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप