काे हुन् आँचल शर्मा ?

आँचल शर्मा नेपालकी अहिलेकी चर्चित प्रतिभाशाली अभिनेत्री हुन् । उनको जन्म १९९५ मार्च १८ मा काठमाडौं नेपालमा भएको थियो । उनी ५ फिट ५ इन्च अग्ली छिन् । उनका बुबा “उत्तम दवाडी“ र आमा “मीरा दवाडी“ हुन् र उनको एउटा भाइ पनि छन्। उनको पूरा नाम आँचल शर्मा हो । आँचल शर्माले ‘काठमाडौं इन्टरनेशनल स्कुल’ बाट स्कुलिङ र हाईस्कूलको शिक्षा हासिल गरिकी छिन् साथै BSW मा उच्च शिक्षा पनि हासिल गरिकी छिन् ।

उनी बाल्यकालदेखि नै सौन्दर्य, सुन्दर र प्रतिभाशाली थिइन । सौन्दर्य प्रतियोगिता र मोडलिङ सधैं उनको रुचिको विषय थियो । आँचल शर्मा ‘नाई नभन्नू ल ४’ र ‘शत्रु गेट’ फिल्मबाट चर्चामा आएकी हुन् । उनी सानैदेखि सुन्दर थिइन् र “मिस +२ ब्यूटी पेजेन्ट“ मा भाग लिएकी थिइन  ।

उनले विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘नाई नभन्नू ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन् । छोटो समयमा नै एकदमै लोकप्रिय कमाउन सफल भईकि आचल शर्माले थुपै म्युजिक भिडियो पनि खेलेकीे छिन् । र, उनले धेरै विज्ञापनमा पनि काम गरेकी छिन् ।
उनी फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । शर्माले सन् २०२० मा पति उदिप श्रेष्ठसँग विवाह गरेकी थिइन् ।उनी व्यापारी तथा लोकप्रिय डाक्टर उदिप श्रेष्ठसँग २ वर्षदेखि प्रेम सम्बन्धमा थिईन् । हाल सुखद् वैवाहिक जीवन विताइरहेकी छिन् र गीत, माेडलिङमा पनि व्यस्त छिन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस