होटेल शम्बलामा मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडाै ।  मुक्तिनाथ विकास बैंक लि. र होटेल शम्बला, महाराजगञ्ज काठमाण्डाैंबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त होटेल शम्बलावाट विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र होटेल शम्बलाकोे तर्फबाट बजारीकरण विभागका निर्देशक रबिन मानन्धरले हस्ताक्षर गर्नुभएको छ । यो सुविधा लिन यस विकास बैंकको भिजा डेविट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस