स्वर्णिम वाग्लेले लेखे शेखरलाई पत्र : देउवा-आरजु गिरोहको हेपाईले कांग्रेसमा रहन सकिनँ

काठमाडौँ । नेपाली कांग्रेसभित्रका अर्थविद्का रुपमा चिनिएका तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका डा. स्वर्णिम वाग्लेले आफू कांग्रेसबाट अलग्गिने निर्णय लिएका छन् ।

वाग्लेले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पत्र लेख्दै आफू अब कांग्रेसमा बस्न नसक्ने जनाएका हुन् । उनले डा. कोइरालालगायत नेताको अपार सद्भाव आफूप्रति रहे पनि सभापति शेरबहादुर देउवा र आरजु राणा गिरोहको निरन्तर हेपाई र अपमानका कारण आफू कांग्रेसमा रहन सक्ने अवश्था नरहेको बताएका छन् ।

उनले आफ्नो उमेर छँदै ‘डेलिभरी’ दिनुपर्छ भन्ने लागेर कांग्रेसमा रहन नसक्ने निर्णयमा पुगेको समेत पत्रमा उल्लेख गरेका छन् । कांग्रेसमा डा. शेखर समूहको शक्ति निर्णायक बनेपछि आफू कुनै न कुनै रुपमा कांग्रेसमा जोडिने प्रतिबद्धता पनि उनले गरेका छन् ।

शेखरसँगै उनले याेजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका कांग्रेस नेता डा. गाेविन्दराज पाेखरेल, महामन्त्री विश्वप्रकाश शर्मा, महामन्त्री गगनकुमार थापासमेतलाई कांग्रेस छाेडेकाे जानकारी गराएका छन् ।

यस्ताे छ वाग्लेले काेइरालालाई लेखेकाे पत्र 

प्रिय शेखर दाई,

हजुरहरुको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाई र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ । काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस