काठमाडौं । क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल लगातार दोस्रो पटक विश्वपको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।कतार विश्वकप २०२२ अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टि सुटआउटमा ४–२ गोलको नतिजामा ब्राजिलाई हराउँदै क्राेएसिया सेमिफाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेइमारले गोल गरेका थिए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेइमारको गोलमा लिएको अग्रतालाई ब्राजिलले बचाउन सकेन । क्राेएसियाका ब्रुनाे पेटकोभिचले खेलको ११७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
पेनाल्टि सुटआउटमा ब्राजिलका रोड्रिगोले गरेको प्रहार क्रोएसियाका गोल किपर डोमिनिक लिभाकोभिचले बचाउ गरेका थिए । मार्किनियसले हानेको पेनाल्टी पोलकाे क्रसबारमा लागेर बाहिरिएपछि ब्राजिलको जितकाे संभावना हराएकाे थियाे। ब्राजिलका क्यासिमिरो र पेड्रोले पेनाल्टिमा गोल गरेका थिए । उता क्रोएसियाका निकोला भ्लासिक, लोभ्रो माहेर, लुका मोड्रिच र मिसाल्भ ओरसिर्कले सानदार गोल गरे । सन् २०१८ काे विश्वकपमा ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित भएकाे थियाे भने क्रोएसिया फाइनलमा फ्रान्ससँग हारेको थियो ।
प्रतिकृया दिनुहॊस