कोकाकोला फाउन्डेसनको सहयोगमा क्रियसनकाे शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौँ । कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रियसन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्ले, मनमोहन अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, नेपाल र भुटानका लागि कोका–कोलाका कन्ट्रीे डाइरेक्टर आदर्श अवस्थी, भारत र दक्षिण पश्चिम एसियाका लागि सस्टेनिबिलिटी र सिएस्आर डिरेक्टर राजेश अयापिल्ला, क्रियसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र र कोका–कोला बोटलर्स नेपाल लिमिटेडका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण समारोह सम्पन्न भएको हो ।

एक पटकमा ५० जनासम्म बिरामीलाई सेवा दिन सकिने यस अक्सिजन प्लान्टबाट प्रति सेकेन्ड २४० लिटर अक्सिजन उत्पादन गर्न सकिन्छ ।
अक्सिजन प्लान्ट स्थापनाको लागि क्रियसन र कोका–कोला फाउन्डेसनलाई धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईंज्युले भनिन्, “कोभिड महामारीले हामीलाई स्वास्थ्यजन्य विपतहरुबाट बच्न सदैव तयारी अवस्थामा रहनुपर्छ भन्ने कुराको महसुस गराएको छ । स्वास्थ्य सेवा क्षेत्रमा यस्तो सक्रिय संघ–संस्थाहरूकोे सहयोग पाउँदा हामी निकै खुसी छौँ ।”
त्यस्तै स्वास्थ्य सेवाको महत्वलाई आत्मसात गर्दै सेवाविहीन समुदायलाई सहयोग प्रदान गर्ने उद्देश्यले अक्सिजन प्लान्ट स्थापना गरिएको कोका–कोला फाउन्डेसनले जनाएको छ । कोका–कोला फाउन्डेसनको यो सहयोगले स्वास्थ्य क्षेत्रमा भएको संकटलाई सम्बोधन गरि पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने मनमोहन अस्पतालले जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस