मलेशियामा विषाक्त मदिरा सेवनबाट ७ जना नेपालीको मृत्यु

काठमाडौं । मलेशियामा विषाक्त मदिरा सेवनबाट ७ जना  नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा बसेरी-३ धादिङका मिमबहादुर घले, मसिना-६ रुपन्देहीका रामकुमार यादव,अमरगढी-५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा-९ सुनसरीका संजय उराव, सिद्धिथुम्का-९ इलामका बलबहादुर कुलुंग र आइतसिंह गोले छन्।  विषाक्त मदिरा सेवनपछि बिरामी भएका अन्य १६ जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मलेसियाको सेलेङगर शहरमा रोजगारीका लागि गएकाहरु मदिरा सेवनबाट मृत्यु र बिरामी परेका हुन् । मलेसियाको राजाको जन्मोत्सवको अवसरमा दिइएको सार्वजनिक विदाको दिन उनीहरुले मदिरा सेवन गरेका थिए ।

मदिरा सेवन गरेकाहरुमा सास फेर्न गाह्रो हुने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो । त्यसलगत्तै उनीहरुलाई अस्पताल पु¥याइएको थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस