सञ्चारिका समूहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत

काठमाडौं। सञ्चारिका समूहको  अध्यक्षमा नितु पण्डित सर्वसम्मत भएकी छिन ।  काठमाडाैँमा सम्पन्न सातौं महाधिवेशनले पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

महाधिवेशनबाट  उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा सर्वसम्मत चयन भएकी छिन् ।

यस्तै गरी,  सदस्यहरुमा  पवित्रा सुनार,दुर्गा कार्की,  रुवी रौनियार, कृति भट्टराई, उर्वसी बस्न्यात, बसन्ती बास्तोला,सञ्चिता घिमिरे र कविता थापा  सर्वसम्मत चयन भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप