आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७८३ जनाले टिपाए नाम

काठमाडाै । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन्। ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जानकारी दिएकाे छ ।

नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए । संसदीय चुनाव नजिकिँदै जाँदा ओलीले चुनावी अभियानलाइ निकै  तीव्र पारेका छन् । केही दिनअघि मात्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिभेटका लागि पनि उनले आह्वान गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप