काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई मध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत वा ७ लाख ५० हजार इकाई छुट्याइएको कम्पनीले वताएकाे छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्ने भएको हो ।
क्यापिटलको साे फण्डमा छिटोमा कात्तिक २७ गते र ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको कमेपनीले वताएकाे छ ।
प्रतिकृया दिनुहॊस