सुनको मूल्य प्रतितोला एकसय घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार

काठमाडौँ । सुनचाँदी बजारमा आज बिहीबार  छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय भएकाे छ । अघिल्लो दिन प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणमा आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार छ सय रुपैयाँ रहेकाे छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार सात सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर रु एक हजार एक सय ७० तोकिएको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री