एनसेलले डाक्यो साधारणसभा

एनसेल आजियाटा लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको तेस्रो वर्षको साधारणसभा गर्न लागेको वताएकाे छ । कम्पनीले कार्तिक २५ गते लैनचौरस्थित आफ्नै कर्पोरेट कार्यालयमा साे सभाकाे आह्वान गरेको हो ।

कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धि विशेष प्रस्तावमाथि छलफल गर्ने वताएकाे छ । याेसँगै साधारण प्रस्ताव अन्तर्गत आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ को वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने , कम्पनीको आ.व. २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ।

दुर संचार सेवा प्रदायक कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानुपर्ने बाध्यकारी ब्यबस्था अनुसार एनसेल ३ वर्ष अगाडी पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री