कात्तिकमा बैंकहरुको निक्षेपको ब्याजदर नबढ्ने

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरलाई यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने वताएका छन् । सार्वजनिक सूचना अनुसार कात्तिक महिनामा पनि असोज महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका हुन् । बैंकहरुले यहि असोज महिनामा विगत ६/७ महिनादेखि स्थिर रहेको ब्याजदर बढाएका थिए । बैंकहरुले ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भएको थियो । ‍

अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर दिइरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् ।

हाल ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । ब्याजदर उच्च भएपछि बेस रेट बढेपछि कर्जाको लागत बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर भने कात्तिक १ गतेदेखि लागू हुने भएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस