प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हान्ने ६ जना पक्राउ

काठमाडाै । काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रविसेसिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ, प्रदीप लामा, जितेन लामासहित ६ जना रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र जिल्ला प्रहरी परिसरकाठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हिजाे मंगलबार बिहान ड्यूटी सकेर घर फर्किदै गरेका क्लबका बाउन्सर नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको थियो । साे आक्रमणबाट नितेशको खुट्टा र छिरिङको टाउकोमा चोट लागेको छ । हाल दुवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री