काठमाडौं । गाेरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल रिहा भएका छन्। पौडेललाई चितवन जिल्ला अदालतले निर्दोष ठहर्याई सफाइ दिएपछि डिल्लीबजार कारागारमा थुनामा रहेका पौडेल सोमबार बिहान रिहा भएका हुन ।
अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो ।
गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन रत्ननगरस्थित हजुरबुवा–हजुरआमा भेट्न गएका बेला २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यो बेला हत्याको जिम्मेवारी नेकपा माओवादीले लिएको थियो । घटनापछि कृष्णप्रसादका दाजु र बुवाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
तपाईंको प्रतिकृया





