तीजको दर खाँदा साढे तीन सय बिरामी, खाना विषाक्त हुनुको कारण पत्तै लागेन

काठमाडौं । तीजको दर खाँदा पाँचखाल–१२ कास्कोटेमा करिब साढे तीनसय जना बिरामी परेकाे समाचार छ । स्थानीय ग्रामीण स्वावलम्बी बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमा दर खाएका साढे तीन सय जना बिरामी परेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएकाे छ ।

आयोजकका अनुसार करिब ४ सय जनाले दर खाएकोमा ९० प्रतिशत बिरामी परेका छन् । जिल्लाका अस्पताल भरिभराउ भएपछि बिरामीहरुलाई परिवारका सदस्यको सहयोगमा काठमाडौं लगायतका अस्पतालमा लगिएको छ। पाँचखाल नगरपालिकाले स्थानीय जनभावना प्राविमा स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख महेश खरेलले जानकारी दिएका छन् । घटनास्थलमा नै रहेका प्रमुख खरेलले दिएकाे जानकारी अनुसार केराउको अचार खाएकाहरु बिरामी परेका हुन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस