काठमाडौँ महानगरपालिकाले एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ ।  महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ ।

उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ ।

शारीरिकरुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने व्यवस्था सहितको सुविधा हुनेछ ।

सो संरचनामा आकाशे पानी सङ्कलन विधि जडान गरिनेछ । सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने काठमाडौँ महानगरपालिकाले  जनाएको छ ।भवन निर्माण गर्न कामपाले न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्ने  भएको   छ ।

उक्त भवन निर्माणसँगै काठमाडौँ उपत्यकाको सडक चापमा कमी आउने  काठमाडौँ महानगरपालिकाको  दाबी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री