कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

काठमाडौँ । गायक तथा तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरुले आफूहरुले इन्गेजमेन्ट गरे जानकारी गराएका हुन् ।

कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

उनीहरुले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो। चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस्। जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप