आज डोलेश्वर मन्दिरको चारैवटा ढोका खुल्ला

काठमाडौं । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरको आज चारै ढोका खुल्ला गरिएको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८, सिपाडोेलस्थित डोलेश्वर मन्दिरलाई भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शिर भएको घोषणा गरेको दिनको अवसरमा आज मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिए ।

केदारनाथका पीठाधीश जगतगुरु श्री भीमाशङ्कर लिंग शिवाचार्यले २०६६ भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरेपछि मन्दिरमा भक्तजनको भीड लाग्न थालेको हो ।

यस मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र मन्दिर खुल्ला गरिन्छ । पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न भारत तथा देशका विभिन्न ठाउँबाट समेत भक्तजनहरु आउने गर्दछन् ।

मन्दिरमा आज बिहान नै देखि  दर्शनार्थीको भीड लागेको छ । साथै आज श्रावण १ गतेबाट सञ्चालन भएको श्रावणी मेला २०७५ आज समापन हुदैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस