नमाज वाचनमा विवाद हुँदा महोत्तरीमा झडप, १० जना घाइते

काठमाडौं । नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको जनाएको छ ।

परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर नै गर्नुपरेको थियो । प्रहरीले भीड तितर–वितर पारेपछि अवस्था नियन्त्रणमा आए पनि विवाद मिलिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले अहिले दुई पक्षलाई छलफलमा राखेर विवाद मिलाउने प्रयास भइरहेको जनाएको छ ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस