प्रेस युनियन रुपन्देहीद्धारा ज्ञापन पत्र

बुटवल ।नेपाल प्रेस युनियन रुपन्देहीले पत्रपत्रिका बर्गिकरणमा लापरवाही र भएको भन्दै सुचना तथा प्रबिधि मन्त्रि गोकुल बास्कोटालाई ज्ञापन
पत्र पठाएको छ ।


युनियले ईलाका प्रशासन कार्यालय बुटवल मार्फत मन्त्रि बास्कोटालाई ज्ञापनपत्र पठाएको हो । युनियनका रुपन्देही सभापति बिक्रम खडकाले इलाका प्रशासनकार्यालय बुटवलका निमित्त प्रमुख धु्रव नेपाललाई ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो ।

ज्ञापन पत्रमा प्रेस काउन्सिलले पत्रपत्रिका बर्गिकरण गर्दा बिधि र प्रक्रिया पुरा नगरेको र निरन्तर प्रकाशित भएका पत्रपत्रिकालाई भन्दा
पार्टी तथा व्यक्ति निकटका पत्रिकालाई बर्गिकरणमा प्राथमिकता दिएकोलेतत्काल सच्याउन र पुन बर्गिाकरण गर्न माग गरेको छ ।

आफना मागको सुनुवाई नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी युनियनले दिएको छ ।ईलाका प्रशासनका निमित्त प्रमुख नेपालले ज्ञापन पत्र तत्काल सञ्चारमन्त्रि समक्ष पठाउने जानकारी दिनुभयो । ज्ञापन पत्र पठाउनयुनियनका उपसभापती रेखा भु्षाल,प्रदेश ५ का युनियनका सचिव हरिष ढकाल,सल्लाहकारहरु खिमानन्द भट्टराई,डायलशन अधिकारी,यमलाल भुषाल, झविन्द्र देवकोटा, अमृत पाण्डे,चण्डी बश्याल, मिना ढकाल  लगायतको सहभागिता रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भक्तपुरमा कारसँग स्कुटर जुध्दा २३ वर्षीय सुजनको मृत्यु

काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो …

प्रतिकृया दिनुहॊस