news

पतिको यातनाका कारण मृत्युः दुईजना छोरीको बिजोग

गीता माझीले कमाएको अलिअलि पैसाले घरखर्च चलेको थियो। ज्यालादारी गरेरै भएपनि पतिलाई रक्सी खानसमेत दिन गरेकी थिइन् । गत हप्ता बेलुका खाना खाने समयमा पति रामचन्द्र माझीले उनलाई निर्घात कुटपिट गरे। रक्सीले मातेका उनले कुट्ने मात्रै हाेइन की  यौनांग र मलद्वारसमेत दाउराले क्षतविक्षत बनाइदिए। रामचन्द्रले पटकपटक गीतालाई कुट्दै आएको छिमेकीहरु वताउँछन् ।  भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालसम्म आउँदा पनि गुप्तांगबाट रगत रोकिएको थिएन। उनी बिहीबार बेलुका ८ बजे …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ मन्दिरमा क्यू आर कोड सेवा सञ्चालन

काठमाडाै । प्रभु बैंकले नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिरमा भेटी दान गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ । मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिर परिसर, बारागाऊँ मुक्तिक्षेत्र गा. पा. वडा नं. १, मुस्ताङ्गको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैँक पोखरा कार्यलय प्रमुख डा. रामशरण खरेलले QR Code Payment System को समुद्घाटन गर्नुभएको हो । समुद्घाटन मन्तव्य राख्ने …

पुरा पढ्नुहॊस »

नेपाल प्रेस युनियनका अध्यक्ष सिग्देल आईएफजेमा निर्वाचित

काठमाडाै । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन्। ओमानको राजधानी मस्कटमा जारी आईएफजेको ‘वर्ल्ड कंग्रेस’ बाट उनी कार्यकारी समिति सदस्यमा निर्वाचित भएकाे अध्यक्ष सिग्देलले वताए । सिग्देल एसिया प्यासिफिक अन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन्। प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो। प्रेस युनियनको स्थापना २०४८ साल जेठ …

पुरा पढ्नुहॊस »

”अर्घाखाँचीमा पर्यटन र विकास” पुस्तकको विमोचन समारोह सम्पन्न

पत्रकार तथा लेखक वीरेन्द्र केसीको ” अर्घाखाँचीमा पर्यटन र विकास ” पुस्तक विमोचन समारोह सम्पन्न भएको छ । कान्तिपुर दैनिकका उप-सम्पादक तथा पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका वीरेन्द्र केसीले अर्घाखाँचीकाे पर्यटन सम्बन्धि जिल्लाको ६ वटा पालिकालाई समेटिएको पुस्तक सन्धिखर्कको साथी होटेलमा भव्य कार्यक्रम बीच विमोचन गरिएको हो । मालारानी-५ बाँगीमा जन्मिएका केसीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा पुस्तकमा प्रस्तुत गर्न खोजिएकोको केसीले वताए ।अर्घाखाँची घुम्न …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो, मिसियो स्टोरमा सामान किन्दा क्यासब्याक

काठमाडाै  । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्लोबल आइएमई बैंकका ग्राहकहरूले बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङबाट क्यूआर मार्फत् भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत (अधिकतम ३०० रुपैयाँसम्म ) क्यासब्याक पाउनेछन् । यो योजना जेठ …

पुरा पढ्नुहॊस »

नायिकामाथि ‘दुर्व्यवहार’ को आरोपमा थुनिएका भिक्षु धराैटीमा रिहा

काठमाडौं । नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका भिक्षु रिहा भएका छन् । धेरै दबावका बीच जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धराैटीमा छाेड्ने आदेश दिएकाे वताएकाे छ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकले प्रहरीलाई दियाे रात्रिकालिन सूरक्षा बेल्ट

काठमाडाैं । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई सहयाेग गरेकाे छ । बैंकले प्रहरीलाई रात्रिकालिन सुरक्षा बेल्ट सहयाेग गरेकाे हाे । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २ सय ७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेका हुन् । बैंकले हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको वताएकाे छ । गरिमा विकास बैंकले नेपालभर १ सय २१ शाखा कार्यालय, १ …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य : दुई दिनमै प्रतिकित्ता ७७ रुपैयाँले घट्यो

काठमाडौं । आज पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । लामो समय कारोबार रोक्का भएर खुलेको बैंकको सेयरर मूल्य दोश्रो कारोबारको दिन पनि १० प्रतिशतले घटेको हो । हिजाेजस्तै मंगलबार कारोबार शुरु भएको केही समयमै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ३१ रुपैयाँमाँ झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३६.७० रुपैयाँले कमी हो । बैंकको सेयर कारोबार २०७८ बैशाख ३१ गतेदेखि …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकले लाल रत्न अस्पतालमा छुट पाउने

काठमाडौं । कुमारी बैंक र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच सम्झौता भएको छ । बैंक तथा अस्पतालबीच बैंकका ग्राहकलाई स्वस्थ्य उपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । याे सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनैपनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले वताएकाे छ । कुमारी बैंकले आफ्ना …

पुरा पढ्नुहॊस »

बाउन्स चेक काट्ने गोरखाकी लक्ष्मी पक्राउ, १२ लाख जरिवाना

काठमाडौं । बाउन्स चेक काट्ने गोरखाकी लक्ष्मी सापकोटा नाम  गरेकी महिला पक्राउ परेकी छिन् । नेपाल बंगलादेश बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बानेश्वरबाट आज पक्राउ गरेको हो । ५१ वर्षिया ती महिलालाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०६८ साल पुस ५ गते दोषी ठहर गरेको थियो तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् …

पुरा पढ्नुहॊस »