news

रवि लामिछानेका उम्मेदवारलाई निर्वाचन आयोगकाे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार शिशिर खनाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । खनालले आफूलाई घन्टी निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार गरेकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको हो । साे घन्टी निर्वाचन चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट …

पुरा पढ्नुहॊस »

निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता

काठमाडाै । निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल तथा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकले कृषि कर्जा बापत कृषि व्यवसायको लागि प्रवाह गरेको तीन करोडसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । तीन करोडसम्मको यस्तो कर्जा मध्ये १ करोडभन्दा माथिको कर्जा प्रवाहको …

पुरा पढ्नुहॊस »

पोखराको बैना दोहोरी साँझ एण्ड मार्सी भान्छामा प्रभु बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक र न्युरोड पोखरास्थित बैना दोहोरी साँझ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार रहेका सम्पूर्ण ग्राहकले बैना दोहोरीद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “दोहोरी” सेवामा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएकाे छ। बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छाका तर्फबाट निर्देशक गोविन्द …

पुरा पढ्नुहॊस »

कांग्रेससहितको गठबन्धनलाइ मतदान गर्न आग्रह गर्दछु: नेता सिंह

काठमाण्डौ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नेता सिंहले कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका छन् । क्षेत्र नं १ अन्तर्गतको प्रदेश तथा समानुपातिक उम्मेदवार सहभागी पत्रकार सम्मेलनमा नेता सिंहले आफ्नो उम्मेदवारी क्षेत्रको जनताको चाहनाकै कारण भएको जानकारी दिएका छन् । “म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ । त्यसैले क्षेत्रमा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

काठमाडाै ।  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् …

पुरा पढ्नुहॊस »

सबै पक्षहरु लागेर गठबन्धनलाइ जिताउन लागिपर्ने : प्रकाशशरण महत

काठमाडाै । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताहरूले टिकट नपाउनुको कारण गठबन्धन रहेकाे उल्लेख गरेका छन् । सोमवार आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ गठबन्धनका नेताहरूलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टीभित्रका केही प्रभावशाली नेताहरूलाई आगामी निर्वाचनका लागि टिकट दिन नसकिएको उल्लेख गरेका हुन् । उनले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट धेरै …

पुरा पढ्नुहॊस »

टेलिकमको ‘अटम अफर’

काठमाडाै । नेपाल टेलिकमले ‘अटम अफर २०७९’ सञ्चालनमा ल्याएको छ । टेलिकमले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्याधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरूलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको टेलिकमले जानकारी दिएकाे छ । असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने भएकाे छ । यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया …

पुरा पढ्नुहॊस »

सत्यमोहन जोशीको निधनमा भोलि मंगलवार सार्वजनिक बिदा

काठमाडाैं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको जानकारी दिए । सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ । उनकाे १०३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।  

पुरा पढ्नुहॊस »

नबिल बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । नबिल बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर निर्धारण गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको छ । साे बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि बढीमा १०.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत, ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर ताेकेकाे गरेको …

पुरा पढ्नुहॊस »

भिभो भी२५ सिरिजः उत्कृष्ट क्यामेरा विशेषताका साथ परिष्कृत एवं आकर्षक स्मार्टफोन

काठमाडौं। हामी उत्साहपूर्वक व्यक्तिगतरूपमा आफूलाई अभिव्यक्त गर्न, अरुभन्दा भिन्न पहिचान बनाउन र अरुको स्मरणमा रहने विभिन्न तरिकाहरू खोज्छौं । बढ्दो जागरूकता र आफ्नो पहिचान बनाउने दृढताको साथ युवा पुस्ताहरू आफूलाई आफूले चाहेको तरिका व्यक्त गर्न प्रतिबद्ध छन् । तसर्थ स्मार्टफोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन, र मूल्य जस्ता सबै पक्षहरुलाई मध्यनजर गर्दै नविनतम टेक्नोलोजीमा केन्द्रित हुनु बहु–आयामी हो । त्यसैले, एक अग्रणी स्मार्टफोन ब्रान्डको रूपमा, भिभोले आजका युवाहरूलाई उनीहरूको व्यावसायिक र …

पुरा पढ्नुहॊस »