राष्ट्रिय वाणिज्य बैंकद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, प्युठान स्याङ्जा र भोजपुरका विभिन्न २८ सामुदायिक विद्यालयका विद्यार्थीलाई ३२ हजार ७ सय ३० थान कापी वितरण गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कमिटीका सदस्य तथा बैंकका नायब महाप्रबन्धक केशवप्रसाद लम्सालबाट धादिङ जिल्लाका ३ वटा विद्यालयका प्रतिनिधिहरूलाई बैंकको केन्द्रीय कार्यालय परिसरमा कापीहरू हस्तान्तरण गरेका छन् ।

धापासी माध्यमिक विद्यालय काठमाडांैमा संस्थागत सामाजिक उत्तरदायित्व कमिटीका सदस्य तथा बैंकका नायव महाप्रबन्धक नरेशराज अर्यालबाट उक्त विद्यालयका विद्यार्थीहरूलाई विद्यालय परिसरमा कापी वितरण गरेका थिए ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व कमिटीका सदस्य सचिव तथा मार्केटिङ तथा अनुसन्धान विभागका विभागीय प्रमुख सुनिता मानन्धरले बलम्बु माध्यमिक विद्यालयमा कापी बितरण गरिन्

बारेमा news

यॊ पनि हेर्नुहॊस

साझा यातायातले रद्द गर्‍यो विद्युतीय माइक्रो र स्कुटर खरिद

काठमाडौं । साझा यातायात सहकारीले प्रस्तावित विद्युतीय माइक्रोबस र विद्युतीय स्कुटर खरिद रद्द गरेको छ। …

प्रतिकृया दिनुहॊस