काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाउने भएकाे छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हाे।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको भारतीय संचार माध्यमले वताएका छन् ।
भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्नेछ । नेपालको आन्तरिक उत्पादनले थेग्न सकेने अवस्था छैन । चालु आर्थिक वर्षको वैशाखसम्म ४ अर्ब ८३ करोडको ९४ हजार ८४ मेट्रिकटन चिनी नेपालमा आयात भएको भन्सारको विवरणमा उल्लेख छ ।
तपाईंको प्रतिकृया



