पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने

काठमाडौं । बलात्कार आरोप लागेर पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ । एक युवतीमाथि मानवबेचविखन तथा अर्की किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी हुँदैछ ।

करिब आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी सुस्मिता रेग्मीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाएर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । साे घटनामाथि जाहेरी दिने हदम्याद पहिल्यै सकिएकाले प्रहरीले सुस्मितामाथिको अपराधलाई मानव बेचविखनतर्फ लान थालेकाे हो । बलात्कारमा जाहेरी दिने हदम्याद कानून अनुसार एक वर्ष हुन्छ ।

याे सँगै अर्की किशोरी पाण्डेले आफूलाई बलात्कार प्रयास गरेको भन्दै हिजो प्रहरीको सम्पर्कमा आएकी थिइन् । उनको किटानी जाहेरी समेत दर्ता भइसकेको छ । स्रोतका अनुसार उनको हकमा प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्ववहारको मुद्दा चलाउने तयारी गरिरहेकाे छ। उमेरले नाबालिक भएका कारण उनको केसमा हदम्याद आकर्षित हुँदैन । आरोपी पाण्डेलाई आज साेमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिने भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री