विराटनगरमा २२ सय बढी मतले नागेश अगाडी

काठमाडाै । विराटनगर महानगरपालिकामा मतगणना सुरु देखिनै मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिइरहेका छिन्। आज मंगलबार दिउँसो १२ बजे प्राप्त मतगणना अनुसार मेयरमा कांग्रेसका नागेश कोइराला २२ सय २३ मतले अगाडी छन्। उनी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन्। कोइरालाले अहिलेसम्म ८ हजार ४ सय ७० मत प्राप्त गरेका छन्।

त्यस्तै उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले ६ हजार २ सय ४७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादव छन् भने उनले २ हजार २ सय ६१ मत प्राप्त गरेका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रहलादप्रसाद साहले १ हजार २ सय २० मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले हालसम्म ७ हजार १ सय ११ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादव भन्दा २४ सय ६६ मतले अगाडी छिन्। यादवले ४ हजार ६ सय ४५ मत प्राप्त गरेका छन्।

याेसँगै उपमेयरको तेस्रो स्थानमा राप्रपाकी उम्मेदवार विन्दाकुमारी लुँइटेलले १ हजार ५ सय ७ मत प्राप्त गरेकी छिन् भने चौथो स्थानमा रहेकी स्वतन्त्रकी उम्मेदवार नमिता न्यौपानेले १ हजार २ सय ३० मत प्राप्त गरिन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओली नेतृत्वमा ४० सदस्यीय टोली चीन जाने, उद्योगी-व्यवसायी पनि सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर व्यापक तयारी भइरहेको छ । …

प्रतिकृया दिनुहॊस