काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ । मिश्रका बुबा वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।
आफ्नै निवासमा सुतेको अवस्थामा बिहान दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वरिष्ठ चित्रकार तथा साहित्यकार ८३ वर्षीय मनुजबाबु लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए ।
मिश्रको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ समेत प्रकाशित छ । मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
तपाईंको प्रतिकृया




