दोस्रो यू–१५ साफ च्याम्पियनसिप खेल्न महिला फूटबल टोली भुटान प्रस्थान

काठमाडौँ । भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान  ग¥यो ।

२३ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई  युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिदाइ गरे । नेपाली टोलीको कप्तानी प्रिती राईले गर्ने छिन् भने प्रशिक्षकमा गंगा गुरुङ छिन् ।

आउँदो बिहीबारदेखि सुरु हुने साफ च्याम्पियसिपमा नेपाल, बंगलादेश र पाकिस्तान रहेको समूह ‘बी’ मा परेको छ । समूहको पहिलो खेल साउन २६ गते पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेलमा साउन २८ गते बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री