आइएमई पे र दराजवीच सम्झौता नव वर्ष २०७९ अभियान सुरु

काठमाण्डौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नुहुने ब्यवस्था मिलाइएको छ । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरे ।
आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ देखि २०७९ बैशाख ७ सम्मको लागि आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ देखि १२ वजेर ३० मिनेट सम्म १० प्रतिशत  छुट, रु. १ हजार अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक च्गकज ज्यगच आधा–घण्टामा १० प्रतिशत छुट अधिकतम रु. ७ सय ५० सम्म हुने ब्यवस्था मिलाइएकोे छ । Rush Hour को समय बिहान ८ बजे देखि ८ वजेर ३० मिनेटसम्म र दिउँसो ३ बजे देखि ३ वजेदेखि ३० सम्म हुनेछ साथै दराजको रु. १ को गेममा पनि सहभागि भएर Samsung A03 Core, Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme)  जस्ता आकर्षक उपहार पनि जित्न सक्नछन् । यस अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ जहाँ प्रयोगकर्ताले IME Pay एबथ भाउचर सङ्कलन गरी छुट रिडिम गर्नेछन्।

यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास आइएमई पेले लिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ, समस्यालाई अवसरमा बदल्ने प्रतिबद्धता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। …

प्रतिकृया दिनुहॊस