फाइल तस्वीर

चुनावी तालमेलको पक्षमा सुजाता

काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले चुनावमा गठबन्धनसँग तालमेल गरेर जानुपर्ने बताएकी छन् । गठबन्धनकै कारण कांग्रेसले केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री पाएको कुरा सम्झिनुपर्ने उनले बताइन् । ‘चुनावमा गठबन्धन बनाएर जाँदा राम्रो हुन्छ भन्ने मेरो धारणा छ । जहाँ हामी बलियो छौं, त्यहाँ लड्ने । कमजोर ठाउँमा सहयोग गर्ने गरी जानुपर्छ,’ केन्द्रीय समितिको बैठकअघि आइतवार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भनिन्, ‘गठबन्धनका कारण हामीले प्रधानमन्त्री पाएको छौं, मुख्यमन्त्री पाएका छौं तथा माथिल्लो सदनमा जिताउन सफल भएका छौं । त्यसैले गठबन्धन छाड्नु हुँदैन ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पनि चुनावी तालमेलमा सकारात्मक देखिएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भारी वर्षापछिको बाढीपहिरोमा परी ६ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ६ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस