काठमाडौं । मेगा बैंक नेपालले एकैचाेटि दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ जितेको छ । साथै, ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ को अवार्ड मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जिते हात पारेकी छन् । सिंगापुरस्थित वर्ल्ड विजश आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो ।
कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा गत आर्थिक वर्षमा मात्र मेगा बैंकले एक करोड ३५ लाख उपलब्ध गराएको थियो । याे सँगै बैंकले शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३ सय ९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ ।
नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सिइआको इतिहास बनाएकी सिइओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वर्ल्डले विजनेश आउटलुकले वताएकाे छ ।
सिइओ खुञ्जेलीले यसैवर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन् । उनकै नेतृत्वमा मेगा बैंकले ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सिइओ खुञ्जेलीले अत्यन्तै खुसी महशुस गरेको बताइन् । अवार्डको श्रेय उनीले बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्ग, कर्मचारी एवं समस्त सरोकारवालाहरूलाई दिइन् । मेगा बैंकले पहिलाे महिला नेतृत्वकर्ताकारुपमा खुञ्जेलीलाई अगाडि सारेपछि बैंकले समाज जागरणका विभिन्न उत्कृष्ट कार्यहरु गर्दै आएकाे बैंकले जानकारी दिएकाे छ ।




