सिटी एक्सप्रेस फाइनान्सको हकप्रद सेयर भदौ १ देखि निष्कासन हुने

काठमाडौं । सिटी एक्सप्रसे फाइनान्स कम्पनी लिमिटेडले भदौ १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन बन्द असोज ४ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।
हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैया पुग्ने छ । हाल १५ करोड रुपैयाँ चुक्तापुँजी छ । साउन २० गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री