रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

काठमाडौं । अविरल वर्षाको कारण रसुवा जिल्लाको  गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा गएराति भीषण पहिरोमा पुरिएर मृत्यु हुनेको स‌ंख्या नौ पुगेको छ ।

सिन्धुपाल्चोकको जिल्ला भोटेकोसी गाउँपालिका–५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी–४ का रेशम खड्का रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–१ थुमन का मिङमार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले,उनकी श्रीमती कार्साङ किमो घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनीकाे पहिराेमा पुरिएर मृत्यु भएकाे हाे ।

पहिरोले एक पक्की घर क्षति बनाउनाका साथै तीन वटा छाप्रा तथा एक प्रहरीको बिटसमेत पुरिएको छ । प्रहरी बिटमा रहेका प्रहरी बजार गस्तीमा गएका कारण प्रहरीतर्फ कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री