सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई आर्थिक सहयोग

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई रू७२०,०००। कोआर्थिक सहयोग उपलब्ध गराएको छ ।

 महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले सात लाख २० हजारको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई हस्तान्तरण गरे ।

प्रत्येक महिनाको पहिलो हप्ता “Best  Police  of  the  Month, Lalitpur” कार्यक्रम संचालनका निम्ति सिटिजन्स बैंकले हरेक महिना तीन विधामा (अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन रजन मैत्री सामाजिक सचेतना मुलक कार्यक्रम)पुरस्कृत हुने १।१ जना प्रहरी कर्मचारीलाई जनही २० हजार रुपैयाँको दरले एक वर्षका निम्ति उक्त रकम प्रदान गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप