महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा खाद्य सामग्री प्रदान

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरतरुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामाग्री प्रदान गरेको छ ।

समाजकेन्द्रको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामाग्रीहरु समाजकेन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङलाई हस्तान्तरण गरेका हुन्  । समाजकेन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएको छ । यस प्रकारको सहयोगले उत्त समाजकेन्द्रमा रहेका बालबालिकाहरुको शारिरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास बानेश्वर शाखाका प्रबन्धक विकास रावलले व्यक्त गरे। कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख कृष्ण बहादूर गुरुङले बैंकले गरेको सहयोग प्रति कृतज्ञता जाहेर गर्नुका साथसाथै यस किसिमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री