काठमाडौं । हिमालयन बैंकले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा शाखा सञ्चालनमा ल्याएको छ । साे बैंकले पुष २६ गते हिजाे सोमबारदेखि महेन्द्रनगरस्थति उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो । बैंकले साे शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने वताएकाे छ ।
महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरुसहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए । योसँगैं बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १ सय ४८ र ५ हजारभन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।
तपाईंको प्रतिकृया




