बुधबार नेपालमा थप एकजनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

काठमाडौं । नेपालमा फेरी एक अर्का व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आज बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले यस्ताे जानकारी गराएकी हुन् । नेपालकी एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी उनले दिइन् । प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन् । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्।

योसँगै नेपालमा हालसम्म तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री