रविन्द्रको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ सार्वजनिक

काठमाडौं ।  गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ सार्वजनिक गरिएको छ । काठमाडौंमा  एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर थापा ,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल स्थित ए वान पार्टी प्यालेसमा आशिषको शैली विमोचन गरिएको हो ।

‘शैली’ गीति संग्रहमा ६ वटा गीतहरु समावेश गरिएको छ । विमोचन कार्यक्रममा एउटा गीतको म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप