गायिका प्रविशाले गरिन् बिहे

काठमाडौं । गायिका प्रविशा अधिकारीले बिहे गरेकी छन् । अधिकारीले झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भएकाे हाे । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने थाेरै नै रहेकाे थियाे ।

गायक प्रताप दास, रमाइलाे ६ का उत्सव रसाइली र ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित देखिएका थिए  । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको  थियाे । गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेममा थिए । निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् । चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

म संसारकै भाग्यमानी छु झैँ लाग्छ : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले असफल हुँदा खुट्टा तान्ने धेरै हुने बताएकी छन् । उनले …

प्रतिकृया दिनुहॊस