पत्रकार सन्ताेष न्यौपाने नेपाली कांग्रेसको राजनीतिमा समपर्ति हुँदै

काठमाडौं । पत्रकार सन्तोष न्यौपाने कांग्रेसको नेता बन्नका लागि दाैडधुप गरिरहेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि बन्न अग्रसर भएका छन् । २५ वर्षअघिदेखि पत्रकारिता थालेका उनी कांग्रेसनिकट नेपाल प्रेस युनियनका नेता हुन् ।

यससँगै उनी राष्ट्रिय समाचार समिति (रासस) को पनि बोर्ड सदस्यकाे अनुभव बटुलिसकेका छन् । विभिन्न टेलिभिजनमा अन्तरवार्तासँगै कार्यक्रम पनि सञ्चालन गर्दै आएका उनले काठमाडौंको क्षेत्र नम्वर ६ को (क) प्रदेशबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिदैछन् ।

पत्रकार न्याैपानेले आफ्नो योगदानको कदर गर्दै प्रतिनिधिहरुले मतदान गर्ने विश्वास गरेका छन् । सबै भाेटरसँग राम्रो सम्बन्ध भएका उनी चुनाव जित्नेमा आशावादी छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री