युनियन हाइड्रोपावरलाई आईपिओ निष्काशन गर्न बोर्डले दियो अनुमति

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्थानीय बासीन्दाका लागि आईपिओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

कम्पनीले लमजुङमा सञ्चालित ३.३ मेगावाटको मिदिम जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

स्थानीयका लागि छुट्याइएको ७ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री हुनेछ । पहिलो चरणमा स्थानीयलाई १० प्रतिशत सेयर जारी गरेर बाँडफाँड पश्चात सर्वसाधारणमा आईपिओ जारी गर्नेछ ।

सेयर निष्कासन तथा बाँडफाँड गर्न लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जगदुल्ला जलविद्युत आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक …

प्रतिकृया दिनुहॊस