काठमाडौं । आज सुनको मूल्य तोलामा १ सय रुपैंयाले घटेको छ । छ दिनदेखि स्थिर रहँदै आएको सुन आज भने घटेको हो ।
हिजो प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आज १ सयले घटेर ५७ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७ सय ६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया



