किसानलाई नेपाल बंगलादेश बैंककाे कृषि लोन कार्ड

काठमाडाैं । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षिय सम्झौता अनुसार मकवानपुरगढी गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंले किसान कृषि लोन कार्ड हस्तान्तरण गरी २५ गतेबाट लगानीको सुरुवात गरेकाे छ ।

पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजना अन्तर्गत बिना धितो, एकैप्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ ।‍ कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यूआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जानकारी दिएकाे छ ।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्ट मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई विद्युतिय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी दिएकाे छ । बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको जानकारी गराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री