मुक्तिनाथ विकास बैंकमा ठूलो संख्यामा कर्मचारी माग, अनुभवीलाइ प्राथमिकता

काठमाण्डौ । विकास बैंकहरुमध्ये अब्बल मुक्तिनाथ विकास बैंक लिमिटेडले असिस्टेन्टदेखि सुपरभाइरसम्मका विभिन्न पदमा ठूलो संख्यामा कर्मचारीका लागि जागीर खुलाएकाे छ।

साे बैंकले ब्रान्च मेनेजर, रिलेसन मेनेजर, अपरेसन इन्चार्ज, ट्रेड फाइनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ तथा फिल्ड स्टाफमा असिस्टेन्टदेखि सुपरभाइरसम्म धेरै ठूलो संख्यामा कर्मचारी माग गरेको छ। काठमाण्डौ उपत्यकाभित्र ब्रान्च मेनेजर र केही सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिर पदका लागि दरखास्त आह्वान गरिएको हाे।

त्यस्तै काठमाण्डौ उपत्यकाभित्र र बाहिरका लागि केही रिलेसन मेनेजरअन्तर्गत सिनियर असिस्टेन्ट र सुपरभाइजर जुनियर अफिसर पदमा पनि बैंकले दरखास्त आह्वान गरेको छ। त्यस्तै काठमाण्डौ उपत्यकाभित्र र बाहिरका लागि अपरेसन इन्चार्ज अन्तर्गत असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइरजमा केही पदका लागि विज्ञापन खुलाएकाे छ।

केन्द्रीय कार्यालय भने एउटा पदमा ट्रेड फाइनान्स इन्चार्जमा अफिर वा सिनियर अफिसरका दरखास्त खुलाइएको छ। प्रादेशिकस्तरका लागि भने ट्रेड फाइनान्स डिपार्टमेन्टअन्तर्गत केही सिनिर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर पदमा कर्मचारी मागेकाे छ।

त्यस्तै केन्द्रीय र प्रदेशस्तरमा लोन रिकभरीअन्तर्गत सुपरभाइजर जुनियर अफिसर र अफिर र प्रदेशस्तरमा डिपोजिट मार्केटिङअन्तर्गत सिनियर असिस्टेन्ट, सुपरभाइरज र जुनियर अफिसर पदमा आवेदन खुला गरिएको छ। साना तथा लघु बैंकिङअन्तर्गत उपत्यका र उपत्यका बाहिरका लागि फिल्ड स्टाफका रुपमा जुनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा केही कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ।

जुनियर असिस्टेन्ट र असिस्टेन्ट पदका लागि कम्तीमा ३ देखि ५ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभवीलाइ प्राथमिकता दिइनेछ । सिनियर असिस्टेन्ट र सुपरभाइजर पदमा आवेदन दिन ३५ वर्ष उमेर नकटेको हुनुपर्ने प्रावधान छ। त्यस्तै कम्तीमा स्नातक उत्तीर्ण गरेको वा स्नातकोत्तर तह उत्तीर्ण गरेकाले मात्र जुनियर अफिसर र सिनियर अफिसर पदमा आवेदन दिन पाउनेछन्। यसका लागि कम्तीमा ४ वर्षदेखि ८ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ। उमेर ४० वर्ष नकटेको हुनुपर्ने बै‌कले जनाएकाे छ ।

उम्मेदवारले बैंकले खटाएको कार्यक्षेत्रमा काम गर्नुपर्ने पनि भनेकाे छ। यसका साथै नेपाली र अंग्रेजी राम्ररी बोल्न तथा लेख्न जानेको हुनुपर्नेछ। दुई पांग्रे सवारीको लाइसेन्स लिएकालाई विशेष प्राथमिकता दिइने बैंकले उल्लेख गरेकाे छ।

इच्छुक उम्मेदवार आउँदो साउन ६ गतेसम्म मुक्तिनाथ विकास बैंक https://muktinathbank.com.np/career/ मा गएर अनलाइन आवेदन दिनुपर्ने बै‌कले जानकारी दिएकाे छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस