काठमाडौं । नेपाल एसबिआई बैंकले जुलाई ७ मा २८ औं बार्षिकोत्सव मनाएको छ । याे अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई उपकरण हस्तान्तरण गरेको छ । वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देद्वारा वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाइ स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुगानाका साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छविराज पन्त अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।
तपाईंको प्रतिकृया




