११ महिनामा वाणिज्य बैंकले कमाए ६२ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब ३६ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा १४.७४ प्रतिशत अर्थात् ८ अर्ब १ करोड ९ लाख रुपैयाँ थप गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले वताएकाे छ ।

गत असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म बैंकहरुले आर्जन गरेको नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नाफाकाे वृद्धिदर प्रभु बैंकको रहेको छ । याे सँगै दोस्रोमा कुमारी बैंक र तेस्रोमा मेगा बैंकको खुद नाफा वृद्धिदर बढी रहेको छ । गत आवको असार मसान्तको तुलनामा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकको नाफा वृद्धि भएको छ । चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा प्रभु बैंकको ८१.६४ प्रतिशतले र सबैभन्दा थोरै लक्ष्मी बैंकको ०.५४ प्रतिशतले भएको हो ।

प्रभु बैंकः चालु आवको ११ महिनामा सबैभन्दा बढी नाफा बढाउने प्रभु बैंकले गत आवको असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमा चालु आवको जेठ मसान्तसम्म आइपुग्दा ८१.६४ प्रतिशतले वृद्धि गरी २ अर्ब ४८ करोड २९ लाख रुपैयाँ बनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप